अाठराइकाे संक्रान्तिवजारमा पहिराे दुइ घरमा क्षति आधा दर्जन जाेखिममा

साउन, २७ तेह्रथुम ।

अविरल वर्षाका कारण तेह्रथुमको आठराई गाउपालिका स्थित  संक्रान्तिबजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिन देखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनु भयो ।  त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानको प्याराफिटमा पनि क्षति पुगेको शिक्षक रमेश ढकाल वताउनु हुन्छ  । विद्यालयको पूर्वि भागमा रहेको निर्माणधिन मध्यपहाडी लोकमार्गमा समेत क्षति पुगेको छ । क्षतिको एकिन विवरण भने आएको छैन् ।

घरहरुमा थप क्षति हुन नदिन डोजर, सुरक्षा कर्मी र स्थानीबासीहरुबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ । पहिरोबाट संक्रान्तिबजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानिया, तिलबहदुर ईङनाम, राम ईङनाम, सुमन नेपाल लगायतका घरहरु पहिरोको जोखिमा रहेको छन् । पहिरोको जोखिमा रहेका घरहरुमा उच्च सतर्कता अपनाउन ईलाका प्रहरी कार्यालयले निर्देशन दिइएको छ । वर्षा र पहिरोको जोखिमका कारण बजारमा रहेका दुई विद्यालयहरुमा पठनपाठन शुक्रबार बन्द भएको छ ।

Share this: