तमाेर लिप्ट खानेपानी अायाेजनामा विवाद काम स्थगन

 

पुरानाे स्टिमेट अनुसारकाे मुहान हुनु पर्ने र नयाँ मुहान वनाउनु पर्ने भन्ने विषयमा समिति दुइ समुहमा विभाजन भए पछि देश कै नमुना खानेपानी अायाेजनाकाे रुपमा सुरु भएकाे तमाेर लिप्ट खानेपानी अायाेजनाकाे काम प्रभावित भएकाे छ ।

समितिका अध्यक्ष नरवहादुर खड्का पुरानाे मुहान कायम राख्नु पर्ने पक्षमा र  कुम्मायक गाउँपालिका अध्यक्ष समेत रहेका समितिका सचिव देवेन्द्र कुमार लाओती भने लुमुघाटमा मुहान हुनुपर्ने पक्षमा उभिए पछि समिति तथा उपभाेक्ता नै दुइ भागमा विभाजित भएका छन् । जसकाकारण अायाेजनाकाे काम प्रभावित भएकाे हाे ।

सरकारले १६ पुष २०७२ देखि सुख्खाग्रश्त क्षेत्र घोषणा गरेको दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोक, रानीगाउँ र स्याबरुम्बा क्षेत्रमा खानेपानीको सहज व्यवस्थापन गर्न   ‘तमोर लिफ्ट’ सुरु गरिएको थियो ।
 
१६ पुष २०७२ देखि आयोजनाको मूख्य पाइपलाइनको काम सुरु भएको थियो । त्यतिबेला प्राविधिक र आर्थिक दुबै रुपले ठिक रहेको भन्दै तमोर नदी स्थित लोरिपा दोभानबाट पानी लिफ्ट गरेर ल्याउने स्टेमिट सहित काम सुरु भएको थियो । तर आयोजनाको ठेक्का पाएको कम्पनि प्रेरा स्वामी नारायण जेभीले काम सुरु गरेपछि लोरिपा दोभान मुहानका लागि अनुपयुक्त हुने देखिएपछि तीन किलोमिटर तल लुमुघाटमा मूल सार्ने प्रस्ताव पछि बिबाद चुलिएको हो ।
 
अहिले आयोजनाको मूलको सम्पूर्ण काम स्थगित गरिएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख सुरतलाल चौधरीले मुहानको विषयमा बिबाद कायम रहेकाले तत्काललाई निर्माण कम्पनिलाई मुहानको काम नगर्न भनेको बताउनुभयो ।