गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस आज

काठमाडौं, चैत ७ – बुधबार नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । कोइरालाको ८७ वर्षको उमेरमा २०६६ सालमा निधन भएको थियो । 

कोइरालाकै अगुवाइमा दोस्रो जनआन्दोलन भएको मानिन्छ । उहाँको स्मृति दिवसमा कांग्रेसले बुधबार औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन । तर यही दिन पारेर कोषाध्यक्षको राष्ट्रिय सम्मेलन बुधबारदेखि हुँदैछ । नुवाकोटमा हुने राष्ट्रिय सम्मेलनमा पार्टीको आयस्रोत बढाउने तथा आर्थिक पारदर्शीताका विषयमा छलफल हुनेछ । 

सम्मेलन बिहीबारसम्म चल्नेछ । यस्तै कोइरालाको स्मृति दिवस पारेर बुधबार कांग्रेसको भातृ संगठनले भने अन्तरक्रिया तथा दीप प्रज्वलन गर्दैछन् ।