धावनमार्गमा चिप्लिएकाे विमान हटाएपछि सबै उडान र अवतरण सुरु

काठमाडौं, वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान र अवतरण सुरु भएको छ । झण्डै १३ घण्टा अबरुद्ध भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान समेत सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौंबाट मलेसिया उड्न लागेको मालिन्दो यरको विमान धावनमार्गबाट चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको थियो । दुर्घटना हुनबाट जोगिएको विमानलाई तानेर पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको हो । १३ घण्टासम्म विमानस्थल अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको थियो ।