पहिराेले सडक भत्काएपछि धरान-धनकुटा सडकमा यातायात अवरुद्ध ।

धनकुटा । पहिराेका कारण सडक भत्किएपछि काेशी राजमार्गकाे धरान-धनकुटा सडकखण्डमा यातायात अवरुद्ध भएकाे छ ।
लगातारकाे बर्षाका कारण धरान उपमहानगरपालिका-१३ स्थित अापगाछि र निशाने खाेलावीचकाे सडक शनिवार बिहान भत्किएकाे हाे । 
सडककाे २० मिटर भन्दा बढि क्षेत्र पहिराेले बगाएकाे छ । तराईबाट पूर्वी पहाडी जिल्ला जाेड्ने राजमार्ग अवरुद्ध भएपछि धनकुटा, तेह्रथुम, संखुवासभा र भाेजपुरकाे जनजीवन प्रभावित भएकाे छ । 
सडक खुलाउनका लागि पहल भईरहेकाे धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिए ।

धनकुटामा विधुत र सञ्चार सेवा अवरुद्ध ।

लगातारकाे बर्षाका कारण तराईक्षेत्रमा अाएकाे वाढी र डुवानका कारण शुक्रबारदेखिनै धनकुटामा विधुत सेवा अवरुद्ध भएकाे छ । माेवाईल, लेण्डलाईन र ईन्टरनेट सेवा पनि अवरुद्ध हुदा धनकुटाकाे जनजीवन प्रभावित भएकाे छ ।