विकास निर्माणमा वाधक नहुन धरानवासिलाइ वाणिज्य मन्त्रिकाे अाग्रह

बाणिज्य मन्त्री मिन बिश्वकर्माले बिकास निर्माणमा कोहीपनि बाधक हुन नहुने बताउनुभएको छ ।

      सुनसरीको धरानमा सेउती करिडोर निर्माणका लागि सर्भे सुरु भएको सन्दर्भमा आज धरानमै आयोजित एक कार्यक्रममा बोल्दै धरानको मुहार फेरीने करिडोर निर्माणको बिरोध गरेर बिकास बिरोधी नहुन धरानबासीलाई आग्रह गर्नुभएको हो ।

      जोगमुनी किमाथांका जोडिने ४ लेनको बाटो सेउती करीडोर अन्र्तगत पर्ने बताउदै मन्त्री बिश्वकर्माले आफ्नो घर आगनमा आउन लागेको बिकास निर्माणलाई कसैले उचालेको भरमा बिरोध नगर्न आग्रह गर्नुभएको हो ।

      कसैलाई घरबार बिहिन बनाउन राज्यको उद्धेश्य नभएको स्पष्ट पार्दै मन्त्री बिश्वकर्माले राज्यले बिकास निर्माणका नाममा घरबार बिहिन नबनाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, सेउती करिडोर निर्माणका कारण कोहीपनि घरबार बिहिन हुन्छभने त्यसको जिम्मा राज्यले लिन्छ नागरिक नआत्तिए हुन्छ ।,

      सेउतीले डुबाउछ भन्नेकुरा निराधार भएको बताउदै मन्त्री बिश्वकर्माले दुबै तर्फ सेउतीमा रिटेनिङ वाल लगाएर ब्यवस्थीत गरीने जानकारी दिनुभयो । नेपाली कांग्रेसको नेतृत्वमा धरानमा धेरै बिकास निर्माणका कार्यहरु भएको बताउदै मन्त्री बिश्वकर्माले धराने जनताले भने कांग्रेसलाई दिल खोलेर सहयोग नगरेको आरोप लगाउनुभयो ।

      आफुले धरानबासीको बिकासको चाहनालाई पुरा गर्न लागि परेको बताउदै मन्त्री बिश्वकर्माले धरानमा रुद्राक्ष उत्पादन तथा प्रशोधन केन्द्र, बिष्णुपादुकामा अदुवाको उत्पादन तथा प्रोसेसिङ र धरानका ५ ओटा वडामा समूहिक फलामका सामान बनाउन आरान निर्माण गरीने उहाँको भनाई रहेको थियो । मन्त्री बिश्वकर्माले धरानको श्याम चौक, आषिश बस्ती तथा पिण्डेश्वरी क्याम्पस पुगेर आफुले गर्न लागेका योजनाको बिषयमा अन्र्तकृया गर्नुभएको थियो ।

      कार्यक्रममा धरानको बिकास निर्माणको बिषयमा कांग्रेस नगर सभापति तिलक राई, पूर्व सभापति किशोर राई, डा. भरत भट्टराई लगायतले बोल्नुभएको थियो ।।