निजामती कर्मचारी दिवसमा निवन्ध प्रतियोगिता

तेह्रथुम, २२ भदौ । १४ औँ निजामती कर्मचारीको अवसरमा तेह्रथुममा माविस्तरीय निवन्ध प्रतियोगिता भएको छ । ‘विपद् व्यवस्थापनमा विद्यार्थीको भूमिका’ विषयक प्रतियोगितामा दिपज्योति स्कुलकी कञ्चन पोखरेल प्रथम, अरनिको स्कुलका हिमाल ढकाल द्धितीय र सिंहवाहिनी माविका हरिबहादुर बस्नेत तृतीय भएका छन् । 


उनीहरुलाई दिवसको अवसरमा बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगद पुरुस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश इन्द्रकुमार चोङटेङ्ली, जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र आधिकारित ट्रेड युनियन तेह्रथुमका अध्यक्ष लिलानाथ पोखरेलले मन्तव्य राखे ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले अबका दश दिनभित्र जिल्लाका सवै वडा कार्यालयहरुमा कर्मचारी पु¥याई सकिने भन्दै नागरिकको सेवामा केन्द्रित हुन कर्मचारीहरुलाई आग्रह गरे । 
उनले मुलुक संक्रमण कालमा फसिरहेको भन्दै यो घडीमा कर्मचारीहरुले अड्को नथापेर राज्यलाई सहयोग गर्नुपर्ने धारणा राखे । जिल्लामा राम्रो काम गर्नेलाई कर्मचारीलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।  
कर्मचारीहरुले मुलुक संघीयताको नयाँ संरचनामा परिणत हुँदै गर्दा थुप्रै अन्योलहरु रहेपनि सेवा प्रवाहमा खोट आउन नदिने प्रमुख जिल्ला अधिकारी खनालले प्रतिवद्धता व्यक्त गरे । उनले नआत्तिई सेवा प्रवाहमा खट्न समेत निर्देशन गरे । 
सोही कार्यक्रममा जिल्लामा हालै सरुवा भएर आएका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजन भुजेल र खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख महमद तजमुललाई स्वागत समेत गरिएको थियो । 
दिवसको अवसरमा आयोजित निवन्ध प्रतियोगितामा जिल्लाका ५ निजी तथा सामुदायिक विद्यालयका १० जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः १ हजार ५ सय, १ हजार र ७ सय ५० रुपैयाँ नगद पुरस्कार दिइएको छ ।