अविरल वर्षाका कारण जिरिखिम्ति वजारमा एक घर भत्किदा ४० लाख भन्दा वढिकाे क्षति

अविरल वर्षाका कारण जिरिखिम्ति वजारमा एक घर भत्किदा ४० लाख भन्दा वढिकाे क्षति भएकाे छ ।

हिजाे साँझ परेकाे अविरल वर्षादका कारण साँझ९ वजे म्याङ्गलुङ्ग नगरपालीका वडा न‌ ९ जिरिखिम्ती वजार  स्थित लाेकवहादुर अधिकारीकाे ४ तले घर भत्किदा साे क्षति भएकाे हाे  ।घरमा रहेका अधिकारीका छाेरा वुहारी तथा नातिहरु भने भाग्न  सफल भएकाले वाँचेका छन् ।उत्त समयमा लाेक वहादुर अधिकारि र उनकी श्रिमति भने वाहिरै थिए ।

घर सँगै भएकाे केही सामान तथा लताकपडा नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयकाे सक्रियतामा पुरिएका सामान निकालिए काे छ । घरकाे पछाडिकाे भाग सवै भत्किए पनि अगाडिकाे भाग भने भत्किएकाे थिएन । उक्त भागलाइ अाज विहान स्काभेटर लागाएर हटाइएकाे छ ।