आज काग तिहार कागको पुजा गरि मनाइदै

गोबिन्द तिमिल्सिना। ३१ असोज ।हिन्दुहरुको दोस्रो ठुलो चाड दिपाओली तथा तिहार आजदेखि सुरु भएको छ। आज कातिक कृष्ण त्रयोदशी, यमपञ्चक आरम्भ एंम काग तिहार कागको पुजा गरि मनाउने परमपरा रहेको छ। 
हिन्दु परमपरा अनुसार आज कागको पुजा नगरी खाएमा पाप लाग्छ भन्ने बिश्वास रहेको हुदा आज देशभरी कागको पुजा गरी काग तिहार मनाइदै  छ।
नेपाल पञ्चाङ निर्णायक समितीले यस बर्षको भाइटिकाको उतम साहित कातिक ४ गते सनिबार मध्यान ११ः५१ बजे रहेको जनाएको छ ।
यसै गरी कातिक १ गते भोलि कुकुर तिहार, २ गते गाइ तिहार तथा लछ्मी पुजा, ३ गते गोबर्धन पुजा, नेपाल सककबत् ११३८ प्रारम्भ तथा महः पुजा रहेको र ४ गते सनिबार भाइ टिका परेको छ ।