मंगलवारदेखि सबै टेलिभिजनमा अनिवार्य सेट-टप बक्स,कसरी गर्ने डिजिटलाइज ?

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ कार्तिक २८ गते मंगलवारदेखि क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने जानकारी दिँदै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबासीलाई आफ्नो घरमा डिजिटल केबल टेलिभिजन जोड्न आग्रह गरेको छ । एनालग (तारबाट सञ्चालित) प्रविधिलालाई डिजिटल प्रविधिमा परिणत गर्नुपर्ने व्यवस्था भएपछि केबल मार्फत टिभी हेरिरहेका ग्राहकले सेट–टप बक्स जडान गर्नुपर्ने अनिवार्य भएको हो। एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

मन्त्रालयले केबल टेलिभिजन महासंघलाई महासंघमा आवद्ध टेलिभिजनहरुलाई कात्तिक २८ गतेदेखि एनालग टेलिभिजन बन्द हुने सूचना स्क्रोलिङ गरिदिन पनि आग्रह गरेको छ । २८ गते आफ्नो प्रशारण बन्द नगर्ने एनालग टेलिभिजनको लाइन काट्ने तयारी सञ्चार मन्त्रालयले गरिरहेको छ । लामो समयदेखि एनालग टेलिभिनज बन्द गर्ने मन्त्रालयले तयारी गरे पनि बन्द गर्न सकेको थिएन । मन्त्रालयले गत वैशाख १५ गतेबाट नै एनालग टेलिभिजन बन्द गर्ने सूचना निकालेर पनि पछि हटेको थियो ।

के हो एनालग प्रविधि ?

एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरुले हटाइसकेका छन् ।

के हुन्छ डिजिटल टिभीमा ?

अडियो र भिडियोलाई डिजिटल प्रशोधन गर्ने र मल्टिप्लेक्स सिग्नल हुने हुनाले डिजिटल टिभीका दर्शकले सफा पिक्चर र गुणस्तरीय ध्वनीमा टिभी हेर्न सक्छन्। यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ, त्यो पनि एसडी, एचडी प्लस, सुपर एचडी, अल्ट्रा एचडी, थ्रिडीजस्ता मल्टिपल हाइ ब्यान्डविथमा हुन्छ । सामान्य टेलिभिजनमा पनि गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न सकिन्छ ।

डिजिटल टिभीका लागि टिभी महंगो र भर्खरै किनेको हुनु पर्ने होइन् ?

यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ । डिजिटल टिभी सेवा र सुविधाले महंगो नपर्ने डिजिटलमा जाँदा यसमा हुने सेवा, सुविधा, टिभीको गुणस्तसहितले महंगो पर्देन ।

अहिलेको परम्परागत शैलीको एनालग प्रविधि भन्दा डिजिटल प्रविधि महंगो छैन । डिजिटलमा जाँदा ग्राहकका लागि आवश्यक पर्ने सेटअप बक्स, एन्टेनालगायत आवश्यक सामग्री ३ हजार देखि ४५ सयसम्ममा पाइन्छ । एनालग टेलिभिजन बन्द भएपछि अब ग्राहकले आफ्नो घरमा अनिवार्य रुपमा सेट अप बक्स राख्नैपर्छ । टेलिकम्युनिकेसन क्षेत्रको प्रवद्र्धन तथा नियमन गर्ने संस्था इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ को डिसेम्बरबाट एनालग प्रविधि खारेज गर्न आफ्ना सदस्य राष्ट्रलाई निर्देशन दिएपछि सरकारलाई डिजिटल केवल टेलिभिजन सञ्चालनमा ल्याउनैपर्ने बाध्यता छ । नेपाल पनि आईटीयूको सदस्य राष्ट्र हो ।

डिजिटल प्रविधिमा ग्राहकले हेर्ने च्यानलहरूको प्याकेज किन्न सक्ने हुँदा केही सस्तो पर्ने गर्छ । अहिले पनि डिजिटल सेवामा ग्राहकले मासिक तीन सय रूपैयाँमा डिजिटल सेवा प्रदायकका सेवा लिइरहेका छन् । एचडी, विभिन्न मुभि प्याकेज जस्ता थप सुिवधा लिए मात्र मूल्य केही बढ्ने हो ।

के फाइदा हुन्छ डिजिटल प्रविधि भएपछि ?

हाल नेपालभर २० लाख टिभी सेटहरु सञ्चालनमा रहेको आँकलन छ। ति मध्ये डिजिटल प्रविधि अपनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय च्यानल हेर्नेको संख्या निकै कम छ। नेपाल केबल टेलिभिजन महासंघले यो प्रविधि अपनाए पश्चात विद्यमान टिभी प्रसारणको गुणस्तरमा आमुल परिवर्तन आउने दाबी गरेको छ । डिजिटल प्रविधिमा जान ग्राहकले एक पटकका लागि तीन हजार रुपैयाँ खर्च गरेर सेट­टप बक्स खरिद गर्नुपर्नेछ। एकपटक सेट टप बक्स जोडेपछि ग्राहकले मासिक प्याकेजअनुसार पैसा तिरे पुग्ने भएकाले अन्य भार नपर्ने नेपाल केबल टेलिभिजन महासंघले जनाएको छ ।