जनसेवा समाजको पहलमा गुडविल फाइनान्सद्धारा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

जितेन्द्र भण्डारी÷पाँचथर,मंसिर १९,

जाडोयाम लाई मध्यनजर गर्दे  पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ मा अवस्थित सुखबोध माविमा  बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई गुडविल फाइनान्स लिमिटेड शाखा कार्यालय फिदिमले शैक्षिक सामाग्री प्रदान गरेको छ ।

विद्यालयमै गएर मंगलबार आयोजित एक कार्यक्रमका वीच ती सामाग्री प्रदान गरिएको हो ।

 जनसेवा समाज पाँचथरको आयोजनामा गुडवील फाइनान्सले बौद्धिक अपांगता भएका विद्यालयमा अध्ययनरत ९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको गुडविल फाइनान्सका फिदिम शाखा प्रमुख विक्रम तिवारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“बेंक तथा वित्तिय संस्थाको अलाबा सामाजिक कार्यमा पनि गुडविल फाइनान्स सँगसँगै अघि वढ्नेछ र आउँदा दिनमा पनि दिनदुखी,गरिब,विपन्न अपांगता भएका ब्यक्तिहरुलाई सहगोग गर्दे जाने छ ।” कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई,उद्योग वाणिज्य संघ पाँचथरका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल,सुखबोध मावि जोरसालका प्रधानाध्यापक पुष्प भण्डारी लगायतले जनसेवा समाजको पहलमा गुडवील फाइनान्सले उदाहरणिय र नमूना कार्य गरेको र आउँदा दिनमा पनि अझै सामाजिक कार्यक्रमा लाग्न आग्रह गर्नुभयो ।

जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दे आएको र समाजले आउँदा दिनमा पनि थप सामाजिक कार्यमा अघि वढ्ने वताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतम,हिमशिखर गुल्मका गुल्मपत्ति लोकेन्द्र भटट्,महिला तथा बालवालिका अधिृत निर्मला मिश्र लगायत संचारकर्मीको सहभागिता रहेको थियो ।