बिराटनगरबाट ठुलो परिमाणको लागूऔधसहित एक पक्राउ

मोरङ, पौष १९ गते। मोरङको बिराटनगर महानगरपालिका १२ बखरीस्थित एक घरबाट प्रहरीले बुधबार ठुलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले बिराटनगर १७ बस्ने ३० बर्षिय बिनोद पञ्जियारलाई १३ सय एम्पुल टिडी जेसिकसहित दिउँसो साढे १ बजे पक्राउ गरेको हो। पञ्जियारले सो लागूऔषध भारतको जोगवनीबाट खरिद गरेको र नेपाल भित्र्याई बिराटनगर १२ स्थित ससुराली घरमा लुकाई राखेका थिए।  प्रहरीले घरको कोठाको एक कुनाबाट कालो झोलामा सेतोटेपले बाधेर  लुकाई राखेको अबस्थामा उक्त लागूऔषध फेला पारेको हो। बरामद लागूऔषधमा फेनारगन ४ सय ५० एम्पुल, डाईजेल्याब ५ सय ५० एम्पूल र नोफिन ३ सय  एम्पुल रहेको लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरले जनाएको छ। पक्राउ परेका ब्यक्ती उपर थप अनुसन्धान भईरहेको छ।