नामको कारण फेरि दिएन साम्राज्ञीलाई बेलायतले भिसा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दोस्रो पटक पनि बेलायतले भिसा दिन अस्वीकार गरेका छ । निर्देशक रेनशा वान्तवा राईको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ छायाँकनको लागी बेलायत जानु पर्ने सामा्रज्ञीलाई दोस्रो पटक भिसा एप्लाई गर्दापनि नदिएको हो । बुझिए अनुसार साम्राज्ञीको नामको कारण उनलाई बेलायत सरकारले भिसा नदिएको हो । उनको निकट स्रोतले जानकारी दिए अनुसार साम्राज्ञीको नागरितामा प्रियंका नाम रहेको छ ।

पहिलो पटक भिसा एप्लाई गर्दा उनको नाम र कागजातहरू बलियो नभएको कारण उनलाई भिसा दिइएको थिएन् । दोस्रो पटक साम्राज्ञी नामको सिफारिससँगै बलियो कागजातहरू बनाएर भारत पुगेकी थिइन् । भारतमा पुगरे भिसाको लागी आवदेन दिएकी साम्राज्ञीलाई फरिपनि बेलायतले पत्याएन । साम्राज्ञीलाई भिसा नदिदाँ चलचित्र निर्माण टिम भने यति बेला तनावमा छ ।

चलचित्रको केही प्रतिशत छायाङ्कन नेपालमा भइसकेको छ । उनको भिसामा समस्या आएपछि चलचित्रको छायाङ्कन अन्यौलमा परेको छ । साम्राज्ञीसँगै स्किृन सेयर गर्न लागेका नायक धिरज मगर बेलायतमै छन् । यदि साम्राज्ञीले भिसा पाएको खण्डमा उनी रेनशाको इन्टु मिन्टु लण्डनमा सकेर नायक आर्यन सिग्देलको निर्माणमा बन्न लागेको चलचित्र ‘कायरा’को छायाङ्कनमा व्यस्त हुने तयारीमा थिइन् । कायरा फिलिपिन्समा छायाङ्कन हुने छ ।