मोराहाङमा ज्ञान महायज्ञ चल्दै, शुक्रबारसम्म डेढ लाख रुपैयाँ संकलन, कसले कति दान गरे ?

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङ्गस्थित रामजानकी मन्दिरको पुर्वाधार विकास तथा अक्षयकोष स्थापनार्थ चलिरहेको शिव महापुराण ज्ञान महायज्ञको तेश्रो दिन शुक्रबारसम्म डेढ लाख रुपैयाँ बढी नगद जम्मा भएको छ ।

कारेश्वर शिव रामजानकी मन्दीर समितिले आयोजना गरेको सो महापुराणमा आएका भक्तजन्ले मन्दिरको पुर्वाधार विकास तथा अक्षयकोष स्थापनाका लागि नगद, भूमि तथा विभिन्न जिन्सी सामाग्रीहरु दान गरिरहेका छन् ।

शुक्रबार सम्म १ लाख ५१ हजार १ सय ५ रुपैयाँ नगद संकलन भएको महापुराण आयोजक समितिका कोषाध्यक्ष सुजता भट्टराईले जानकारी दिनुभयो । पुराणमा अहिले सबैभन्दा धेरै इटहरीका व्यवसायी दिनेश भट्टराईले ५१ हजार १ सय ५ रुपैयाँ नगद दान गर्नुभएको छ ।

यस्तै मोराहाङका एकलबहादुर खापुङले ३० हजार ५ सय ५५ रुपैयाँ, मोराहाङकै शिवप्रसाद भट्टराईले २० हजार १ सय २५, पुष्पादेवी गौतमले १६ हजार ५ सय ५५ रुपैयाँ, भीमकुमारी अधिकारीले १५ हजार १ सय ३५ रुपैयाँ, यमुना गौतमले १६ हजार, कृष्णचन्द्र र सुजता भट्टराईले १६ हजार ५ सय रुपैयाँ नगद दान गर्नुभएको छ ।

यस्तै पुराणका अवसरमा मोराहाङकै लक्ष्मी र रविन भट्टराईले १ लाख ५० हजार र भोजराज र जिना भट्टराईले १ लाख रुपैयाँ मुल्य बराबरको भूमिदान गर्नुभएको छ । अन्य विभिन्न व्यक्ति तथा संस्थाहरुबाट पनि नगद तथा जिन्सी सहयोग आउने क्रम रहेको आयोजक समिति कोषाध्यक्ष भट्टराईले बताउनुभयो । पुराण माघ १४ गते सकिने आयोजकले जनाएको छ ।