आठराई गाउँपालिकाका ज्येष्ठ नागरिकहरु संगठित

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका ज्येष्ठ नागरिकरु संगठित भएका छन् । ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य उपाचार, राज्यबाट उपलब्ध हुने सेवामा पहुँच विस्तार गर्न ज्येष्ठ नागरिकरु संगठित भएका हुन् ।

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गराउन आठराई ज्येष्ठ नागरिक संघ गठन भएको छ । भोलानाथ काफ्लेको अध्यक्षतामा ७ सदस्यीय ज्येष्ठ नागरिक संघ गठन भएको हो । नवगठित संघको उपाध्यक्षमा प्रेम कडरिया, सचिवमा जयप्रसाद उप्रेती र कोषाध्यक्षमा अनिरुद्र तिम्सिना रहनु भएको छ ।

ईलाका प्रशासन कार्यालय आठराई संक्रान्तिबजारका प्रमुख कमल पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा ज्येष्ठ नागरीक संघ तेह्रथुमका जिल्ला अध्यक्ष केदार ढुङगाना र जिल्ला सचिव उमानाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो । भेला ज्येष्ठ नगारिक केवलीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।