कांग्रेस धनकुटाको सामुहिक राजीनामा

धनकुटा । आफ्नै सरकार हुँदा पनि प्रदेश नम्बर १ को राजधानी धनकुटा नतोकेको भन्दै नेपाली कांग्रेस धनकुटाले सामुहिक राजीनामा दिएका छन् ।

शनिवार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेससँग सम्वद्ध रहेको जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् ।