फोनिज तेह्रथुममा नयाँ नेतृत्व, टीअार सुब्बाको अध्यक्षतामा यस्तो बन्यो नयाँ समिति

तेह्रथुम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तेह्रथुमको तेश्रो जिल्ला अधिवेशन आज सदरमुकाम म्याङलुङ्गमा सम्पन्न भएको छ । अधिवेशनले टीआर सेनेहाङ लिम्बुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राजकुमार तेयुङ र यशोदा चेम्जोङ, सचिवमा बमप्रकाश पाक्साँवा, सहसचिवमा शिखा पयाङ्गो र कोषाध्यक्षमा कल्पना लिम्बु चयन हुनुभएको छ । सदस्यहरुमा रिचा लिम्बु, शान्त तामाङ, सुस्मिता लिम्बु, भीमा लिम्बु र स्याङबो शेर्पा रहनुभएको छ । अधिवेशनले महासंघको केन्द्रीय पार्षदमा मनु याक्थुङवा, भगिश्वर लिम्बु र आशा तुम्बाहाम्फे तथा प्रदेश प्रतिनिधिमा सन्जु तुम्बाहाम्फे र मनकुमार फोम्बोलाई चयन गरेको छ ।

अध्यक्ष सेनेहाङ हाल अन्नपुर्ण पोष्ट दैनिकको जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । उपाध्यक्ष तेयुङ रेडियो मेन्छ्यायेम र चेम्जोङ रेडियो तेह्रथुममा कार्यरत हुनुहुन्छ । सचिव पाक्साँवा कारोबार दैनिकका जिल्ला संवाददाता हुनुहुन्छ । अन्य पदाधिकारी र सदस्यहरु पनि जिल्लाका रेडियो र अनलाइनसँग अावद्ध छन् ।

अधिवेशनलार्इ सम्बोधन गर्दै पत्रकार महासंघका पुर्वउपाध्यक्ष, फोनिजका सल्लाहकार तथा वरिष्ठ पत्रकार सन्जय सन्तोषी राईले अादिवासी जनजाति पत्रकार महासंघ सबैको साझा संस्थाकाे रुपमा स्थापित हुन सुझाव दिनुभयो । फोनिजका पुर्वान्चल संयोजक शाहीमान राई र नेपाल पत्रकार महासंघका प्रदेश नं. १ इन्चार्ज उद्धव तिम्सीनाले पत्रकारिताको व्यवसायिकरणलार्इ जोड दिन अाग्रह गर्नुभयो । पत्रकारिता पेशा पछिल्लो समय दिगो बन्न नसकेको भन्दै उहाँहरुले पत्रकारितालार्इ दिगो पेशाको रुपमा स्थापित गर्न फोनिजको भूमिका महत्वपुर्ण हुने बताउनुभएको खबर गुराँस न्युज डट कम अनलाइनले लेखेको छ ।

कार्यक्रममा आदिवासी जनजाति जिल्ला समन्वय परिषद् तेह्रथुमका महासचिव नारायणलाल श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास र पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश धौलाकोटीले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रम आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला सचिव भगिश्वर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।