ट्रेलर सार्वजनिकमा दयाहाङ नआउदा श्वेता खुसी

काठमाडौं, माघ १० – अभिनेत्री श्वेता खड्काले निर्माण गरेको सिनेमा ‘कान्छी’को आधिकारिक ट्रेलरर मंगलबार ‘राईजिङ मल’मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । मंगलबार सार्वजनिक भएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ३ लाख  भन्दा धेरै पटक हेरिएको छ । 

मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा श्वेता खड्का आमा गोमा खड्कासँग पुगेकी थिईन् ।साथै उक्त कार्यक्रममा निर्देशक आकाश अधिकारी, अभिनेत्री भूमिका श्रेष्ठ, अभिनेता विनोद न्यौपाने लगायतकाको उपस्थिति थियो । 

तर सिनेमाका मुख्य अभिनेता दयाहाङ राई भने कार्यक्रममा उपस्थित थिएनन् । दयाको अनुपस्थितिले मिडियाकर्मी र  अन्यलाई नमज्जा लागे पनि सिनेमाकी निर्मात्री तथा अभिनेत्री श्वेता भने निकै खुशी थिईन् । 

कुल पूजाको लागि वीरगंजमा भएका कारण दया ट्रेलर लन्चमा आउन पाएनन् । तर दयाले टे«लर सार्वजनिक कार्यक्रममा अनुपस्थिती जनाएका प्राय सिनेमाहरु हिट भएका छन् भन्दै श्वेताले ‘कान्छी’को टे«लर लन्च कार्यक्रममा दया नआउनु सिनेमा हिट हुनुको संकेत भएको भन्दै खुशी व्यक्त गरिन् ।

यस अघि श्रीकृष्णसँग नेपा मुभिजमार्फत सिनेमा निर्माण गर्दै आएकी श्वेताले ‘कान्छी’लाई भने काया फिल्मस मार्फत निर्माण गरेकी छिन् । यस्तो अवस्थामा  धेरैलाई उनले श्रीकृष्णको सिनेमा कम्पनीलाई वास्ता नगरेर नयाँ सिनेमा कम्पनी खोलेको महसुस भएको थियो ।

श्वेताले सिनेमाको ट्रेलर लन्च कार्यक्रममा यस बारेमा बोल्दै यो त्यहि कम्पनी भएको बताईन् । उनले त्यहि कम्पनीलाई नयाँ नाम दिएको भन्दै ज्योतिषले नेपा मुभिजको नयाँ नाम राख्दा  राम्रो हुने बताएपछि काया बनाएको स्पष्ट पारिन् । अन्त्यमा  उनले आफूँल श्रीकृष्णकै कामलाई निरन्तरता  दिएको बताएकी छिन् । आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ फागुन ४ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।