पाँचथरका दुई ठुला आयोजनामा जनप्रतिनिधको चासो ।

रमेश थापा यासोक÷पाँचथर
माघ २० गते
पाँचथरको कुम्मायक गाउँपालिकामा सँन्चालित तमोर लिफ्ट खानेपानी आयोजना र लुमुघाटमा निमाणधीन पक्की पुलको अनुगमन गरिएको छ । केही दिन अघि मात्रै बिभिन्न सन्चार माध्यमा दुबै आयोजनाको समाचार प्रकाशन र प्रसारण भए लगतै आईतवार जिल्लाका जनप्रतिनिधि स्थानिय र प्राबिधिक सहितको टोलि स्थलगत अनुगमन र निरीक्षण गरेको थियो ।
अनुगमनमा प्रतिनिधि सभाका सदश्य बसन्तकुमार नेम्बाङ, पूर्व राज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदश्य डम्बरसिह सम्बाहाम्फे, जिल्ला समन्वयन समिति अध्यक्ष बिष्णु प्रसाद सापकोटा, कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, लगायतको प्राबिधिक सहितको टोलिले दुबै आयोजनाको अनुगमन र निरीक्षण गरेको छ । अनुगमनका क्रममा तमोर लिफ्ट खानेपानी आयोजनामा पछिल्लो समय यता गुणस्तरमा केही सुधार भएको अनुगमनमा फेला परेको छ । आयोजनाको प्राबिधिक स्टमेट अनुसार निर्माणको कामले गति समेत लिएको डिविजन कार्यालय पाँचथरका ईन्जिनियर रबिन्द्र रायले बताउनुभयो । जनप्रतिनिधिको प्रश्नलाई जवाफ दिदै उहाँले  । भन्नुभयो निर्माण कम्पनीले आयोजनाको मुख्य पाईप लाईन र बितरण लाईनको काम एकै साथ अघि बढाएकाले पछिल्लो समयमा प्रगती राम्रो रहेको छ  यसमा डिविजनको पनि निरन्तर अनुगमन भईरहेको छ ।
यसै गरी पाँचथर र तेह्रथुम जोड्ने लुमुघाटको पुलमा निर्माण कम्पनीद्धारा कमसल सामाग्रीको प्रयोग र ढिला सुस्ती भएको बिषयमा समेत निर्माण कम्पनीका प्राबिधिकहरु संग जानकारी लिएको छ । आयोजनको काम ढिलाई हुनुको कारण नाका बन्दी, बाडी पहिरो,  सडकको कारण देखाएको निर्माण कम्पनीले गुणस्तर हीन काम नगरेको तर अयोजनाको काम लम्बिएको बताएको छ । दुबै आयोजनाको अनुगमन र निरिक्षणमा सहभागी हुनुभएका पाँचथर प्रतिनिधि सभाका सामसद बसन्त कुमार नेम्बाङले तमोर लिफ्ट खानेपानी आयोजनाको मुख्य लाईन र बितरण लाईको काम तिब्र गतिमै अघि बढेको भन्दै ४ केजीको पाईपको सवालमा निर्माण कम्पनी, उपभोत्ता समितिको सहमतीमा प्राविधिक स्टमेट अनुसारको काम गर्नु पर्नेमा जोड् दिनुभयो । आयोजनालाई गुणस्तरीय रुपमा अघि बढाउनको लागि आफुले सक्दो पहल गर्ने बताए । तमोरमा निर्माण हुदै गरेको पुलको बिषयमा स्थानियहरुले कमसल सामाग्रीको प्रयोग गरेको प्रति आफुलाई ध्यानार्कषण गराएको भन्दै निर्माण कम्पनीलाई आफ्नो क्षेत्रबाट आयोजनाको कामलाई गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्नको लागी दवाब सृर्जन गर्ने नेम्बाङको जोड् रहेको थियो । पाँचथरका कुनै पनि आयोजनामा गुणस्तर हीन काम हुन दिन्नौउ नेम्बाङले भने । सबै आयोजनाको प्रभाबकारी अनुगनम र निरीक्षण निरन्तर गर्ने छौ उनले भने ।
कुम्मायक गाउँपालिकामा सन्चालन भएका दुई ठुला आयोजनाको अनुगमन र निरीक्षण गरेको टोलीले दुबै आयोजनालाई समयमै सम्पन्न पार्नको लागि निर्माण कम्पनी र सम्बन्धीत निकायमा दवाब र खवरदारी निरञ्तर रुपमा गर्ने गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनल भने आफ्नो क्षेत्रमा भएका योजनाहरुको प्रभावकारी अनुगमन र निरीक्षणका साथै खवरदारी गर्ने छौ चेम्जोङले भने ।
सञ्चार माध्यममा दुबै योजनाको बिषयमा समाचार प्रसारण र प्रकाशन भए यता जनप्रतिनिधिको चासो बढेको प्रति स्थानियहरु खुुुसी समेत भएका छन ।