मेक्सिकोः प्रहरीको कारवाहीमा १९ बन्दुकधारीको मृत्यु

 

असार १८ – मेक्सिकोमा प्रहरीको कारवाहीमा परि १९ जना बन्दुकधारीको ज्यान गएको छ । मेक्सिकोको उत्तरी राज्य सिनालोएमा प्रहरीले चलाएको कारवाही अभियानको क्रममा १९ जना बन्दुकधारी मारिएको मेक्सिकन प्रहरीले जनाएको छ । त्यसक्रममा पाँचजना प्रहरी अधिकारी घाइते भएका छन् ।

प्रहरीले शुक्रबारदेखि बन्दुकधारी विरुद्ध कारवाही अभियान सुरु गरेको थियो । लागुऔषध कारोबारी नाइके एल चापो पक्राउ परेपछि सिनालोएमा तनाव बढेको थियो । मारिएका सबै लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले बताएको छ ।

बन्दुकधारीले विपरित गुण्डा समूहका दुईजनाको हत्या गरेपछि प्रहरीले कारवाही अभियान सुरु गरेको थियो । मेक्सिकोमा लागुऔषध कारोबारी गुण्डा समूहबिच बेलाबेलामा भिडन्त हुने गरेको छ ।