पत्रकार महासंघमा तालाबन्दी

काठमाडौं, वैशाख ७ – नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विभिन्न संघसंस्थाले तालाबन्दी गरेका छन् । महासंघको आसन्न प्रदेशसभाको चुनावमा सबैलाई समावेश नगरेको र केही संगठनले मात्र आफूखुशी गरेको भन्दै पत्रकारका पाँचवटा संस्थाले ताला लगाएका हुन् ।

प्रेस चौतारी, प्रेस युनियन, र प्रेस सेण्टरले चुनावमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको र यसो गर्दा आफूहरुको प्रतिनिधित्व महासंघमा नहुने भएको भन्दै संगठनहरुले सवैको प्रतिनिधित्व हुनुपर्नेलगायत माग गरेका छन् ।

पत्रकार महासंघले यही वैशाख २२ गते सवै प्रदेश, काठमाडौं उपत्यका र एसोसिएट्सको अधिवेशन गर्दैछ ।