मोराहाङ स्वास्थ्य चौकीको सामाजिक परीक्षण

मोराहाङ । मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ स्थित स्वास्थ्य चौकीको सामाजिक परीक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले स्वास्थ्य चौकीको भवन निर्माण सीघ्र सम्पन्न गर्न, प्रसुति कक्ष र आवश्यक सामाग्रीहरु तथा औषधी व्यवस्थापन लाई चुस्त दुरुस्त बनाउन माग गरेका छन् ।

सो स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई हुँदा आफुहरुले मार बेहोर्नु परेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमको सहयोग, संमृद्ध तेह्रथुमका लागि अभियानको सहजीकरण र मोराहाङ स्वास्थ्य चौकीको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य चौकीमा रहेर गरिएको अध्ययनबाट प्राप्त तथ्यहरु सहित स्वास्थ्य चौकीका राम्रा पक्ष, सुधार गर्नुपर्ने पक्षहरु र समस्याहरुका विषयमा संमृद्ध तेह्रथुमका लागि अभियानका सुपरभाइजर डिकेन्द्र बरालले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकीको सेवा गुणस्तर वृद्धि गर्न आवश्यक व्यवस्थापन ध्यान दिनुपर्ने कुराहरुको विषयमा समेत छलफल भएको छ । कार्यक्रम स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा मेन्छ्यायेम गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रदीप बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।