मोरङको उर्लाबारी नगरपालिकामा कांग्रेस–एमाले विजयी

तेह्रथुम, २२ असार।मोरङको उर्लाबारी नगरपालिकामा कांग्रेसका खड्ग फागो प्रमुखमा र एमालेकी लक्ष्मी भण्डारी उपप्रमुखमा विजयी भएका छन । कांग्रेसका फागोले एमालेका भुपालसिँह जिमीलाई ३ हजार ९० को फराकिलो मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।
फागोले ११६३२ र जिमीले ८५४२ मत प्राप्त गरेका छन । उपप्रमुखमा विजयी एमालेकी लक्ष्मी भण्डारीले ९५३९ र प्रतिस्पर्धी कांग्रेसकी सिता कार्कीले ९२८० मत प्राप्त गरेकी छन् ।