संवृद्ध तेह्रथुमकालागी अभियान ले संचालन गर्ने कार्यक्रम वारे छलफल

तेह्रथुम, २२ असार । रेडियो तेह्रथुमकले संचालन गर्ने Advocacy for right and good corporate Governance ( UNNATI Inclusiv Groth Programme in Nepal ) कार्यक्रमको वारेका आज वोर्डका पदाधिकारी र रेडियो कर्मचारी विच छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र काफ्ले र कार्यक्रम संयोजक लक्ष्मीनारयण मिश्रले सहजिकरण  गर्नुभएको थियो । 
संवृद्ध तेह्रथुमकालागी अभियानद्धारा संचालित रेडियो तेह्रथुम र आइ एल ओ विच भएको सम्झौता अनुसार कार्यक्रम संचालन भएको हो  । आज सम्पन्न छलफलले आगमी दिनमा सँस्थाले गर्ने गतिविधिको वारेमा कार्यतालिका तयार गरेको छ । जिल्लमा भएका अदुवा ,अलौची,अर्थोडक्स चिया र दुध सँग सम्वन्धित किसान,व्यापारी तथा नितिगत समस्याको वारेमा छलफल गरि सवै पक्षलाई सुसुचित गराउने छ । करिव ११ महिन संचालन हुने यो कार्यक्रम यी चार वटै विषयमा काम गर्ने किसान , व्यापारी तथा व्यवसायीहरुले आआफ्नो क्षेत्रमा वालअधिकार , मानव अधिकारको पुर्ण पालना गरी ,लैंगिक समानता तथा  समान ज्याला दिने विषयमा सजग भै अभ्यास गरेका  हुने कार्यक्रमले लक्ष्य लिएको छ ।