बलिउड करिअरबारे जब सन्नी लियोनले यस्तो भनिन्

एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोनले सधैभरी बलिउडमा काम नगर्ने बताएकी छिन् । सन् २०११ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी लियोनले सधै फिल्ममा काम गरेर बस्न रुची नभएको बताएकी छन् ।
सन्नीका अनुसार बलिउडमा काम गर्ने व्यक्तिहरुले बलिउडबाट बाहिर निस्केर अन्य क्षेत्रमा पनि हात हाल्नुपर्छ । उनले भनेकी छिन्,‘म सधै बलिउडमा रहन्न । मलाई अन्य क्षेत्रमा पनि करिअर बनाउनु छ । फिल्म क्षेत्रलाई छोडेर अन्य क्षेत्रमा पनि करिअर बनाउने योजनामा म लागि परेकी छु ।’
उनले यसबारे थप्दै भनिन्,‘फिल्मी क्षेत्र छोडेपछि के गर्ने त्यसबारे नसोची म कुनै पनि निर्णय लिने छैन ।’
सन् २०११ मा रियालिटी सो ‘बिग बोस ५’ मार्फत उनी भारत आएकी थिइन् । त्यसपछि उनले फिल्म ‘जिसम २’ मार्फत बलिउडको यात्रा तय गरेकी थिइन् ।