फिल्म प्रदर्शन अगाबै दर्शकको साथले दंग छन् निर्माता सुनिल रावल (भिडियो सहित)

असार २४, ईटहरी,नेपालि चलचित्र प्रेमीहरुले निकै प्रतीक्षा गरिरहेको फिल्म सायद २ यहि असार ३० गते बाट देशैभर एकसाथ भब्य प्रदर्शनमा आउदै छ l सिने जगतमा अनमोल केशी, सलोन बस्नेत जस्ता कलाकारहरुलाई भित्र्याएको दुर्गिश ब्यानरबाट सयाद २ लाई सुनिल रावल, ईश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका हुन् l 

यतिखेर फिल्मको छुट्टै तरिकाले प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ l प्रदर्शनको नजिकै आईरहदा आफ्ना दर्शक तथा फ्यानहरुले फिल्मको प्रचार प्रसारमा निकै सक्रिय भएर उत्साहपुर्ण साथ् दिइरहेको बताउछन निर्माता सुनिल रावल l केहि समय अगाडि सामाजिक संजाल फेसबुकबाट सायद २ अंकित प्रोफ़ाईल फोटो बनाउने अभियानमा पनि सबै उमेरका धेरै व्यक्तिहरु सहभागी भएका थिए l यो उत्साहपूर्ण सहभागिताले गर्दा २ जोडीलाई पोखरा टुरको पनि व्यवस्था गरेको छ सायद २ टीमले l यहि कार्य बाट प्रचार प्रसारलाई औपचारिकता दिएको फिल्मले अहिले हरेक सहर बजार देखि लिएर चोक-चोकमा यो फिल्म हेर्न कुरिरहेका दर्शकहरुले प्रचारमा सहयोग गरिरहेका छन् l 

विदेश प्रदर्शन बाट राम्रो प्रतिक्रिया बटुलेको यो फिल्मको प्रचारमा यतिमात्र हैन दर्शकहरुले फिल्मका गीतहरुमा कभर भिडियो साथै प्रचार प्रचार गर्दै गरेको प्रोमोसनल भिडियोहरु पनि आफुलाई आउन थालेको बताउछन रावल l फिल्म प्रसर्शन अगाबै दर्शकको यति धेरै साथ् र मायाले गर्दा आफु निकै खुशी र फिल्मले राम्रो सफलता पाउनेमा ढुक्क रहेको बताउछन l फिल्ममा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ l 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :

https://youtu.be/uORPR2lHRUs