कृषकको फाममा जिल्ला स्तरीय अनुगमन

पाँचथर,असार २५,पाँचथर जिल्लाको कृषकहरुले उत्पादन गरेको कृषि फार्ममा गएर शनिबार अनुगमन गरिएको छ ।
 जिल्लाको फिदिम नगरपालिका,अमरपुर,नाँगीमा अनुगमन गरिएको हो । कृषकहरुले कृषि विकाश कार्यालयको आर्थिक,प्राविधिक सहयोगमा तरकारी खेती गरेर बार्षिक लाखौँ रुपैया आम्दानी गर्ने गरेको पाइएको थियो ।
 जिल्ला कृषि विकाश कार्यालय पाँचथरको अगुवाईमा गरिएको अुनगमनमा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का,स्थानिय विकाश अधिकारी गिरीराज ज्ञवाली,कषि विकाश कार्यालयका वरिष्ठ कृषि विकाश अधिकृत कमलेश तिवारी,जिल्ला प्रहरी कार्यालय पाँचथरका पहरी नायव उपरिक्षक नकुल पोख्रेल,फिदिम उपमेयर उर्मिला प्रधान श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यालयका नायव सुब्बा नरहरी निरौलाले वताउनुभयो ।