चलचित्र

असार २७ (सुवास संकल्प), ईटहरी,

प्रतिक्षित चलचित्र सायद २ ले पी जी सर्टिफिकेट पाएको छ l दर्शकको निकै माया र साथले पछिल्लो समय सिने नगरीमा प्रचारप्रसारको शैलीले पनि धेरै चर्चामा छ सायद २ l 

यो खवरले निर्माता सुनिल रावल निकै दंग छन् l दंग हुनुको मुख्य कारण पीजी सर्टिफिकेट नै हो l उनले निर्माण गरेका अघिल्ला ३ चलचित्र सायद, होस्टेल र होस्टेल रिटर्न सबैले पीजी सर्टिफिकेट पाएको थियो l यस अर्थमा निर्माता सुनिललाई "पीजी लक" लागेको बुझ्न सकिन्छ l  

युवापुस्ता केन्द्रित सायद २ ले पीजी सर्टिफिकेट पाउदा सेन्सर बोर्डका सदस्यहरुले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया पाएको हामीलाई निर्माता रावलले सुनाए l प्रचारप्रसारमा दर्शक तथा फ्यानको निकै राम्रो साथ् पाएको सायद २ मा सुनिल आफै भने निस्किन पाएको छैनन्, कारण हो "लाउरे" फिल्मको सुटिङ्ग l आफुले प्रचारमा समय दिन नसके पनि दर्शकको त्यो उत्साहपूर्ण साथले सुनिल खुशी छन् l 

प्रदर्शनको संघारमै आईपुगेको अर्थात यहि साउन ३० गते सुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउने यो चलचित्रमा सुशील श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ भने दुर्गिश ब्यानरबाट निर्मित सायद २ निर्माणमा सुनिल रावललाई ईश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् l