प्रहरी जवान पदको छनौट परिक्षामा नक्कली परिक्षार्थी

बिराटनगर, असार २७ गते,

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी बिराटनगरमा मंगलबार प्रहरी जवान पदकालागी भईरहेको भर्ना छनौट परिक्षामा सहभागी ३ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्।

प्रहरी जवान पदकोलागी दरखास्त दिएका धरान उप-महानगरपालिका २० बस्ने ,दर्ता नम्बर ५६७ का १९ बर्षिय अक्षय कुमार राईको स्थानमा परिक्षा दिन आएका सोही स्थान बस्ने २१ बर्षिय आर.बी. राईलाई परिक्षा केन्द्रमा प्रबेश गरी परिक्षाका पहिलो चरणको विभिन्न विधाहरुमा सहभागी हुँदै गर्दा पक्राउ गरिएको हो  भने आर. राईसमेत स्वयम प्रशिक्षार्थी रहेको र उनको २३७ दर्ता नम्बरमा  सुनसरी धरान-२० का अन्दाजी २७ बर्षिय आनन्द राई सोमबार नै परिक्षामा सहभागी भएको अनुसन्धानबाट  खुलेपछी उनलाई आफ्नै घर वतनमा लुकीरहेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।  

शारिरिक रुपमा केहि कमजोर रहेका अक्षयले आफू परिक्षा स्थल बाहीर बसी आफ्नो सट्टामा आर.बि. राईलाई परिक्षा दिन पठाएको  गोप्य सुचना प्राप्त भए पश्चात  निग्रानी बढाएको क्षेत्रीय अनुसन्धान समूह (RIT) ले उनलाई  परिक्षा स्थलबाट  नै पक्राउ गरेको हो । अक्षय राइलाई भने परिक्षा  स्थल बाहीरै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरीएको हो।

 पक्राउ परेका तीनैजनालाई कानूनी कारवाहीकोलागी ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।