तोडियो ‘गङनम स्टाइल’को किर्तिमान, यस गीत बन्यो ‘यूट्यूब किङ’

एजेन्सी, २९ असार । पछिल्लो पाँच वर्षदेखि यूट्युबमा एक नम्बरमा स्थानमा रहेको गीत गङनम स्टाइलको रेकर्डलाई तोड्दै हाल एउटा नयाँ गीत युट्युब किङ बनेको छ ।

दक्षिण कोरियाली गायकको गङनम स्टाइललाई पछि पार्दै विज खलिफा र चार्ली पथको गीत ‘सी यू अगेन’ ले हाल यूट्यूबको बादशाहको रुपमा आफुलाई स्थापित गरेको छ ।

युट्युबमा हालसम्म यस गीतलाई २ अर्ब ९० करोड पटक हेरिएको छ । साईको गीत गङनम स्टाइल भने हालसम्म २ अर्ब ८९ करोड पटक हेरिएको छ ।

‘सी यु अगेन’ले दुई वर्षमा यो नयाँ रेकर्ड बनाएको हो । विज खलिफाले सन् २०१५ अप्रिल ६ मा उक्त गीतलाई यूट्यूबमा अपलोड गरेका थिए भने साईले गंगनाम स्टायललाई १५ जुलाई २०१२ मा अपलोड गरेका थिए ।

https://www.youtube.com/watch?v=RgKAFK5djSk