‘क्लाइमेक्स’मा केपी : प्रत्येक कोणबाट ९० डिग्री

बुटवलको एउटा स्कूलको प्राङ्गणमा चलिरहेको युवा संघको महाधिवेशनको खुलासत्रमा तत्कालिन अध्यक्ष महेश बस्नेत भाषण गरिरहेका थिए । उनको विपक्षी निरज आचार्यको वैचारिक अस्तित्वलाई स्थापित गराउनुपर्छ भन्ने मान्यताको एउटा सिपाही बन्ने औचित्य ठानेर मेरो पनि सुक्ष्म सहभागीता थियो । तर म न प्रतिनिधि थिएँ, न निर्वाचन आयोगको सदस्य । एउटा, आमुख दर्शक र निरजको खुला समर्थक । बुटवल ठेकेदार, डन, गुन्डा नाइके, राजनीतिक कार्यकर्ताहरूको जमघटमा व्यस्त थियो । बस्नेतका भयानक प्रतिशोधमा उत्तोलित भाषण चलिरहेको थियो । एकाएक मानिसहरू उभिए, सुरक्षाकर्मी तैनाथ भए । पारीपट्टीबाट धुलोको मुस्लो उडाएर गाडीको ताँती आइरहेको थियो र महेश मञ्चबाट भनिरहेका थिए– साथीहरू, कमरेडहरू नआत्तिनुस्, केही भएको छैन, कमरेड केपी ओली आउनुभएको हो । त्यसबेला मिडियाले किन प्रभावशाली नेता भनी सम्बोधन गरेका रहेछन् भन्ने पुष्टि पनि भयो, उनको प्रभाव मञ्चमा बसेका अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र अन्य एमालेगणभन्दा बलियो थियो । किनभने, त्यहाँ धुलोको मुस्लो उड्ने प्रभावकारीता ओलीको विकल्पमा कसैले देखाउन सकेका थिएनन् ।

ओली विवाद, गसिप र प्रशंशाका पात्र हुन् । उनका नजिकका मान्छेले उनलाई हरेक कोणबाट सरल देख्न सक्छ । बाहिरी आवरणबाट देख्नेले पनि उनलाई अब, एउटै देख्छन् । किनभने राजनीतिमा उनीजति अपडेट, घटनाप्रधान र अनुभवी नेता कोही छैनन् । एउटा बलियो प्रतिपक्षको नेतृत्व गरेका ओली यस्ता पात्र हुन् जसलाई सत्तासमर्थकभित्रको प्रतिपक्षले गाली गर्छ, माया गर्ने वातावरण बन्छ । सत्तापक्षले गाली गर्छन्, फेरि माया गर्ने समय पनि आउँछ । विदेशी कुटनीतिक नियोग प्रमूखको तारो बन्छन्, फेरि उनीहरू हिरा मान्छन् । छिमेकी मुलुकका प्रधानमन्त्री आजित बनाउन खोज्छन् अडानको कायल भएपछि विशाल राजकीय सम्मान गर्छन् ।

विनोद ढकाल

नेपालको संविधान जारी गर्नुपर्ने एकल अडानमा रहेका ओलीका त्यसबेला कुसल सहयात्री थिए, नेकपा माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोइराला । केपीको जोडबलसँगै दुवै नेताको अडानले संविधान जारी भयो । छिमेकी रिसायो, मधेस रिसायो । तर, संविधान जारी भयो । नयाँ सरकार बन्यो । सुशिल कोइराला रातारात युटर्न भएर केपीसँगै चुनाव लडे । केपीका विपक्ष र सुशिलका पक्षमा मधेसले पनि मत हाल्यो । प्रचण्डको काँधले त्यसबेला उनलाई सत्तारुढ दलका प्रमूख नेता र प्रधानमन्त्रीका निर्वाचित गरायो । एउटा कठोर अवस्थाको कठोर स्पर्धामा विपक्षीसँगै छिमेकी मुलुक भारतसामु उनको जीत भयो । नाकाबन्दि भयो, भारतको निम्तो आयो । एकल अडान थियो– भ्रमणपूर्व नाकाबन्दि खोलियोस् । नाकाबन्दि खुल्यो, उनी भारत पुगे । सम्बन्धमा भारतले बदलाव ल्याएन, केपीले पनि आफ्नो व्यवाहारमा कुनै वदलाव ल्याएनन् । उनी सत्ताच्युतसम्म हुन पुगे तर देशभित्रको आन्तरिक आन्दोलन र विरोधकासामु उनी सत्तापक्ष नै स्थापित भए । प्रतिपक्षमा रहँदा पनि उनी सत्तापक्षको भुमिका यसकारण रहे की मधेस राज्यसँग होइन, केपीसँग स्वतन्त्रता मागिरहेको थियो एमालेको विरोधमा । केपी प्रतिपक्षमा छन् अहिले पनि । आन्दोलित मधेस सत्तापक्षमा छ । केपी चुनावका पक्षमा छन् । मधेस चुनावको विपक्षमा छ । तर, अब चुनावको पक्षमा केपीसँगै काँध जोड्ने अवस्थामा पुगेको तथ्य सतहमा आउन थालिसकेको छ । यसकारण, केपी राजनीतिक अडानमा बलिया ठहर हुँदैछन् ।

मलाई स्मरण छ अहिलेको पुस्ताका अभिनेता अनमोल केसीलाई अवार्ड प्रदान गर्ने एउटा कार्यक्रममा उनले भनेका थिए– अनमोल केसीको अलि बढ्तै चर्चा छ । राजेश हमालभन्दा ज्यादा । यति भनिदिँदा फिल्मकर्मीमा उनको चर्चा बलियो थियो । क्रियाको प्रतिक्रियामा उनको टिप्पणी तिखो हुन्छ तर तथ्य

उनका उखान टुक्काका कतिपय फ्यान छन्, कतिपय त्यसका कट्टरविरोधी । खासगरी समयको प्रतिकूल बनेपनि अडानबाट दायाँबायाँ नगर्ने भएकाले नै उनका कट्टर दुश्मन पनि सहयात्री र साथी बनेर अगाडी आउने गरेका राजनीतिक दृष्टान्त प्रष्ट छन् । पार्टी भित्र वा बाहिर उनको यहि शैली र यहि घटनाक्रम निरन्तर छँदै छन् । चलिरहेका छन् । चुनावको एकल अडानमा रहेका केपीको नेतृत्वमा स्थानीय तहको निर्वाचनमा एमाले अहिलेसम्मको एक नम्बर पार्टी बनेको छ । आखिर के का कारण ? धेरैले केपीको अडानलाई मानेका छन् । पक्षधरहरू राष्ट्रवादी चरित्र भन्छन् विपक्षीहरू खोक्रो राष्ट्रवादको मानक । तर, जनमत उनकै पक्षमा बलियो उभिनुले देखिन्छ– उनी प्रत्येक कोणबाट विजेता सावित छन् ।

भर्खरै राष्ट्रपति विद्या भण्डारीले १६ करोडको गाडी मागेको समाचारको प्रभाव र दुश्प्रभाव चलिरहेका बेला ओलीको टिप्पणी आयो– एमालेसँग आत्तिएकाहरूको काम हो । वास्तवमा उनी सन्दर्भका घटनासँग अपडेट छन् । उनको यहि तिक्ष्णताले अहिले काम गरेको छ । सप्तरीको कञ्चनपुरदेखि रूपनीसम्मको दूरी होस् वा कैलालीमा भएको एउटा बलात्कारको घटना, उनी त्यसविषयको जानकार रही नै टिप्पणी गर्छन् । मलाई स्मरण छ अहिलेको पुस्ताका अभिनेता अनमोल केसीलाई अवार्ड प्रदान गर्ने एउटा कार्यक्रममा उनले भनेका थिए– अनमोल केसीको अलि बढ्तै चर्चा छ । राजेश हमालभन्दा ज्यादा । यति भनिदिँदा फिल्मकर्मीमा उनको चर्चा बलियो थियो । क्रियाको प्रतिक्रियामा उनको टिप्पणी तिखो हुन्छ तर तथ्य । त्यसकारण उनलाई धेरैले ‘छुद्र’ भन्ने गरेका छन् । त्यो छुद्रतामा लुकेको तथ्यलाई भने टिप्पणीकर्ताहरूले कुनै न कुनै बेला स्वीकार गरेकै छन् । भरतपुरको चुनावी काण्ड होस् वा प्रधानमन्त्रीको चुनावी हतारो सवैमा उनको सुक्ष्म ज्ञानले बचाइरहेकै छन् ।

पार्टीको सत्ता हातमा नहुँदा पनि उनी जहिल्यै प्रतिपक्षी भए । उनले पराजय स्वीकार गरे तर प्रभावशालीतालाई कायम राखे । त्यसैले धेरै मिडियाहरूले पदहिन हुँदा पनि ‘एमालेका प्रभावशाली नेता केपी ओली’ भनी समाचारका विषयबस्तु बनाउँथे । प्रतिस्पर्धासँग नडराउने तर प्रतिद्वन्द्वीलाई आक्रामक हुनेगरी भन्न नछाड्ने त्यसैलाई मित्र समेत बनाउने उनको राजनीतिक जीवनमै घटिरहेका संयोग हुन् । माधवकुमार नेपालसँग साझेदारी गरी आन्तरिक नेतृत्वका लागि उनले चुनाव लडे झलनाथ खनालसँग पराजय भोगे । पछि, कट्टर विरोधी भनिएका वामदेव गौमतसँग सहकार्य गरी माधव नेपालकै प्रतिस्पर्धामा उत्रिए, जीत हासिल गरे । उनले, संसदीय दलको नेतामा पनि झलनाथ खनालसँग स्पर्धा गरी जीतेका थिए । उनको यहि शैलीले एमालेभित्र झाँगिएको गुट पनि अब एकाग्र भएर उनीतिरै ढल्किएको छ । एउटा नेता हुनुका अनेक राम्रा र नराम्रा गुणदोषको भारी केपीले बोकेका छन् । उनको छहारीमा गुन्डा र तस्करहरूले आफुलाई सुरक्षित र असुरक्षित दुवैमा तौलेर बसे । कोही चरी बनेर लडे, कोही बाहुन बनेर जेलभित्र सडीरहेका छन् ।
राजनीतिक दर्शन र विचारको प्रभावकारीतालाई जनतामाझ भिजाउनका लागि केपीका विरोधमा नेताहरू जतिसुकै तिखो बोलुन् तर उनको अडानका कायल छन् । आफु अडानमा बस्न नसक्नुको दृष्टान्तलाई केपी ओलीको अडानको दुश्प्रभावलाई चर्चा गर्नेहरू भन्छन्– वाह! अडान हुनु केपी कमरेडको जस्तो । एउटा कांग्रेसको आमसभामा प्रदिप गिरीले भनेका थिए– केपी विद्वान हुन्, रामायणदेखि महाभारत र कतिपय वेदको पनि ज्ञान छ । तर, उनका उखान र टुक्को प्रयोग ज्यादा हुने गर्दछ । यो सत्यमा तौलिएर गिरीले भनेको तथ्य थियो । राजनीतिको ६ दशकको समयमा १४ वर्षको जेलजीवन विताएका केपीसँग कलेजको लामो अनुभव र ज्ञान छैन । तर, व्यवाहारिक र राजनीतिक पक्षमा माक्र्सवाद, लेलिनवादका हरेक अध्यायको व्यवाहारिक परिभाषा दिने हिम्मत र साहसचाहीँ देखाउने कोशिश गरेका छन् । उनका पछि दौडने कार्यकर्ताहरूको ताँतले कहिले पनि आफु टुहुरो महसुस गरेको छैन । नजिककालाई जहिले पनि अवसरका बाटो खनिदिने ओलीलाई गोरो र कालो पाटोबाट विश्लेषण गर्दा समान देखिन्छन्, उही विन्दुमा । उनी जति कडा मिजासका छन् त्यति नै शालिन व्यवाहारका । जति हेयको चरित्रका देखिन्छन् त्यति नै मायाको पात्र हुन् । दुई मिर्गौलाको पीडालाई विलासिता र विरासतमा विताउनुको साटो लोकतन्त्र बचाऊको विलम्बप्रति बढि चिन्तित छन् । यसकारण स्पर्धा उनको सौख पनि हो । सायद, जीवनका सवै पद प्रतिष्पर्धाले पाएकै कारणले उनी लोकतन्त्रलाई प्रतिस्पर्धासँग तुलना गर्दै माया गर्छन् ।

शालिनता, नातावादी, कृपावादी, अठोट, कर्मशील, अडान, उडान, विवेकशील, परिचयवादी जे–जे हिसावले व्याख्या गरेपनि केपी ओली एउटै हुन् । उनका दुईप्रवित्ति छैनन्, दुई पात्र छैनन्, दुई चरित्र छैनन् । त्यसकारण क्लाइमेक्समा केपी प्रत्येक कोणबाट ९० डिग्रिमा नै भेटिन्छन् । यतिबेला संविधान संशोधनको क्लाइमेक्समा पुगेको नेपाली राजनीतिमा ओली अडान वा ओली हठ हावी हुनुको उदाहरण उनको व्यक्तित्व पुष्टि गर्न पर्याप्त छ ।