आठ वर्षदेखि एक्सरे मेसिन प्रयोगविहीन


तेह्रथुम, १ साउन । तेह्रथुमको आठराई गाउँपाालिकाको केन्द्र सक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ८ वर्ष अगाडि नै एक्स रे मेसिन प्राप्त भएपनि अझै प्रयोगविहीन छ  ।

स्थानीयले एक्स रे स’विधा उपभोग गर्न पाउने आशामा चन्दा संकलन गरेर विद्य’तका लागि जेनेरेटर खरिद गरेका छन् . तर दक्ष प्राविधिक अभाव ह’ँदा तालिमका भरमा अन्य स्वास्थ्यकर्मीले मेसिन चलाउन प्रयास गरेपनि सन्चालनमा आउन सकेको छैन  ।

प्रयोगमा नआई मेसिन बिग्रिएको केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बताए . वि.स.२०६५ सालमा परिवार स्वास्थ्य महाशाखाले केन्द्रलाई निश’ल्क एक्स रे मेसिन उपलब्ध गराएको थियो . केन्द्रमा एक्स रे मेसिन भएर पनि सन्चालनमा नआउँदा यहाँका करिब एक दर्जन गाविसवासीह? सामान्य एक्स रे स’विधा लिन समेत महँगी बेहोरेर नजिकमा पाँचथरको फिदिम ह’दै झापा सम्म धाउन बाध्य छन् .