पुर्वउपाध्यक्ष श्रेष्ठको परिवारलार्इ समवेदना

तेह्रथुम, १२ श्रावण । नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमले पुर्वउपाध्यक्ष नरमाया श्रेष्ठका पिताको निधन भएकोप्रति श्रदान्जली व्यक्त गरेको छ । म्याङलुङ नगरपालिका-९, साविक साब्ला गाविस, सम्फरजुङ बस्ने पुर्वउपाध्यक्ष श्रेष्ठका पिता पदमबहादुर श्रेष्ठको ००९ सालमा जन्म भर्इ गत शुक्रबार ६५ वर्षको उमेरमा निधन भएको थियो । महासंघका जिल्ला शाखा अध्यक्ष नरेश ढुंगानासहितको एक टोलीले श्रेष्टको निवासमा पुगेर समवेदना पत्र हस्तान्तरण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको हो । मृतकका परिवारलार्इ अध्यक्ष ढुंगानाले समवेदना पत्र प्रदान गर्दै शोकलार्इ शक्तिमा बदल्न कामना गर्नुभएको पत्रकार महासंघ शाखाका सचिव प्रकाश धौलाकोटीले जानकारी दिनुभयो । टोलीमा संलग्न महासंघका शाखा उपाध्यक्ष भगिश्वर लिम्बु, सचिव प्रकाश धौलाकोटी,  सहसचिव राजकुमार तेयुङ, कोषाध्यक्ष दिपक कट्टेल, रेडियो मेन्छ्यायेमका मेनेजर प्रेमचन्द्र निंलेकु, महासंघकी सदस्य कल्पना लिम्बु, दिपक खनाल, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष लक्ष्मीनारायण मिश्र, नागरिक समाजका अध्यक्ष तुलसी संग्रैला लगायतले शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्दै शोकलार्इ शक्तिमा बदल्न कामना गर्दै समवेदना व्यक्त गरेका छन् ।