राष्ट्रसंघिय संन्निकटताका सिद्धान्त तथा मजदुरका  अधिकार विषयक तालिम सम्पन्न

श्रावण १ तेहंथुम । UNNATI –ILO परियोजना, उन्नती परियोजनाको आर्थिक सहयोग तथा अन्तराष्ट्रिय श्रम संगठनको कार्यालय नेपालको व्यवस्थापकिय सहयोगमा संचालित कार्यक्रम हो । यस कार्यक्रमले पैरवी चुनैति कोष (Advocacy Challenge Fund) अन्तरगत स्थानीय साझेदार संस्थाहरुको पैरवी क्षमता विकासको लागि सहयोग तथा सहजिकरण गर्दै आएको छ ।

यसै सन्दर्भमा यस तेह्रथुम जिल्लामा चिया उत्पादक सहकारी संघ तेह्रथुमको आयोजनामा तथा सहजिकरणमा एक दिवसीयराष्ट्रसंघिय संन्निकटताका सिद्धान्तवहुराष्ट्रिय उद्यम सिद्धान्तमहिला शसक्तिकरण तथा मजदुरका  अधिकार विषयक तालिम सम्पन्न भएको छ ।

तेह्रथुम जिल्लाको चिया खेति संचालन भएका क्षेत्रहरुमा 10 जुन देखि 16 जुन 2017 सम्म एक एक दिनको तालिम संचालन भएको थियो । उक्त तालिम कार्यक्रम श्रिजुङ को सिक्दिम, जिरिखिम्तिको सुर्के, सोल्माको सिंघदेवि तथा लसुने र सुक्रवारे बजारमा गरी ६ वटा कार्यक्रम संचालन गरीएको थियो भने तालिमको सहजिकरण सहजकर्ता श्री रवी थापाले गर्नु भएको थियो । उक्त तालिममा राष्ट्रसंघिय संन्निकटताका सिद्धान्तवहुराष्ट्रिय उद्यम सिद्धान्तमहिला शसक्तिकरण तथा मजदुरका अधिकार विषयमा सहभागिलाइ सामान्य जानकारी गराइएको चिया उत्पादक सहकारी संघ तेह्रथुमका अध्यक्ष शंकर खनालले वताए ।