नेपाली कांग्रेसको १५ औं महाधिवेश अन्तरगत असोज १० गते हुने प्रदेश तथा केन्द्रीय महाधिवेशप्रतिनिधि छनौट प्रकृया २ दिन पछी सारेको नेपाली कांग्रेस तेह्रथुमले जनाएको छ ।
सो पार्टीका अनुसार अव १२ र १३ असोजमा तेह्रथुम जिल्लाका प्रदेश अन्तरगत क र ख दुइ प्रदेश समिति र प्रदेश प्रतिनिधि तथा केन्द्रमा हुने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छनौट कार्यक्रम हुने छ ।
देशै भरी विहिवार देखि अविरल वर्षा भइरहेको कारण जिल्लाको विभन्न ठाउबाट आउन सहभागि प्रतिनिधिलाइ समस्या हुने भएको भन्दै २ दिन कार्यतालिका सारिएको सो पार्टीका जिल्ला सभापति अर्जुन वहादुर तुम्वाहाङफेले वताउनु भयो ।
वर्षाको कारणले १३ गते भित्र अनुकुल समयमा प्रदेश अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिको सुचनाको आधारमा धेरै वटा जिल्लामा नियमित सेडुल परिवर्तन गरेको पाइएको छ ।
नेपाली कांग्रेसको असोज १६ - १९ गते काठमाण्डौमा १५ औं महाधिवेशन हुदैछ ।