पहिलो महिला मुख्य सचिव लिला देवी गडतौला

महेन्द्र काफ्ले / रेडियो तेह्रथुम /१० श्रावण - प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौला निमित्त, कायममुकाय हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी छन्।यससँगै गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव भइन् ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाएसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर आएको हो।

तातकालिन मुख्यसचिव बैकुन्ठ अर्याल भ्रष्टाचारको मुद्धामा परेपछी वरिष्ठ सचिवहरु मध्येबाट अषाढ ९ गते निमित मुख्यसचिव प्रचण्ड सरकारले जिम्मेवारी दिएको थियो । त्यस्तै के पि ओली सरकारले अषाढ ३१ गते कायममुकायम मुख्य सचिव हुदै आज विहिवार बसेको मन्त्री परिषदको बैठकले मुख्यसचिवको जिम्मेवारी दिएको ‍हो ।

पुर्वको पहाडी जिल्ला तेह्रथुमले यस अगाडी तेह्रथुमको भुगोलमा जन्म भएका के पी ओली प्रधानमन्त्री कृष्ण प्रसाद सिटौला सी पी मैनाली आर के मैनाली जस्त राजनितिज्ञको जन्मभुमि तेह्रथुम हो भन्ने इतिहाँस सँगै प्रशासनिक क्षेत्रमा पनि पहिलो  महिला मुख्यसचिवको  पनि तेह्रथुमले इतिहाँस रचेकोमा तेह्रथुम जिल्लामा खुशि छाएको छ । मुख्यसचिव गडतौला भएकोमा उनका माध्यामिक तहमा भुगोल विषयकाका शिक्षक तथा पुर्व म्याङलुङ क्याम्पस तेह्रथुमका प्रमुख इश्वरमान श्रेष्ठले खुशी ब्यक्त गर्दै एउटा शिक्षकको खुशी भनेको उस्को विद्यार्थीको प्रगति र उन्नती हो तर लिलाले देशको इतिहास समेत रचेकोमा खुशी लागेको बताए ।

त्यस्तै नेपाली कांग्रेस तेह्रथुमका पुर्व पार्टी सभापति गोविन्द ढुंगानाले पनि यो देशको मुख्यसचिव लिला गडतौला हुनु भनेको तेह्रथुम जिल्लाकै गर्वको विषय भएको वताए । त्यस्तै नेकपा एकालेका उपाध्यक्ष तथा म्याङलुङ नगर प्रमुख संजयकुमार तुम्वाहाम्फे पनि यो राजनीति सँग सँगै कर्मचारी संयन्त्रमा समेत तेह्रथुम अवल छ भन्ने लिलाले देखाएको र समग्र तेह्रथुमको  खुशीको विषय भएको वताए ।

तेह्रथुमको साविक पिप्लेमा जन्मिएकी  गड्तौला मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा मुछिए पछि निजामती सेवाको माथिल्लो तहमा पुगेकी हुन् ।

२०५२ सालमा न्याय सेवातर्फ कानुन मन्त्रालयमा जागिर सुरु गरेकी उनले कानून मन्त्रालयमा १७ वर्ष काम गरसकेकी छन् ।उनले कानुनमा रहेर काम गर्दा हालको स्थानीय तहमा महिला निर्वाचित हुने कम्तिमा लिङ्गिक हिसावले पालिका प्रमुख तथा उपप्रमुख हुनुपर्ने जस्ता कानुन निर्माणमा समेत महत्व पुर्ण सहजिकरण गरेकी थिइन् ।

त्यसपछि उनले ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्त्वपूर्ण निकायमा उनले काम गरेकी थिइन् ।

उनी ०६३ सालमा उपसचिव भएकी थिइन् । २०७० सालमा सहसचिव भएकी गड्तौला २०७७ कात्तिकमा सचिव भएकी थिइन् । त्यसपछि उनलाई नेपाल कानुन आयोगका सचिवको जिम्मा दिइयो । उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवको भूमिका पनि निर्वाह गरिसकेकी छन् ।

गड्तौला पहिलो महिला कानुन सचिवसमेत हुन् । आजको मन्त्रिपरिषदको निर्णाय सँगै  उनी मुख्यसचिव भएकी हुन् ।

उनले २०८० भदौ २२ गते यता प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिवका रूपमा काम गर्दै आएकी थिइन् ।

उनी कानून तथा न्याय सेवातर्फ दुई जना महिला विशिष्ट श्रेणी पुगेका सचिवहरूमध्ये एक थिइन् । न्याय सेवातर्फ निर्मला पौडेल छन् ।