नेपाल पत्रकार महास‌घको निर्वाचन असोज ५ मा

 नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरेका छन् । 

महासंघ आफैंमा एउटा स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण निर्वाचनमा केही ढिलाई हुन पुगेको पोख्रेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसअघि घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्ने उनको भनाइ छ । 

उनले महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । 
  
नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको पनि उनको भनाइ छ ।