महेन्द्र काफ्ले / तेह्रथुम- स्थानीय तह उपनिर्वाचन अन्तरगत तेह्रथुम जिल्लाको लालिगुराँश नगरपालिका वडा नं ८ मा हिजो सम्पन्न निर्वाचनमा नेपाली कांग्रसका उमेद्धवार नरेन्द्र लिम्वुले ४ सय ४० मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका बुद्धवहादुर लिम्वुले ३६० मत ल्याएनु भएको थियो ।
त्यसै गरि उक्त निर्वाचनमा राष्टिय स्वतन्त्र पार्टीका सन्जिव खड्काले ३८ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका कुमार विश्वकर्माले २६ मत, राष्टिय प्रजातन्त्र पार्टीका रत्नवहादुर श्रीपाली ४ मत, नेपाल कम्यनिष्ट पार्टी एकिकृत समाजवादीका प्रेम वहादुर खड्काले २ मत र स्वतन्त्र वसन्त लिम्वुले ४ मत प्रप्त गर्नु भएको निर्वाचनको कार्यालय तेह्रथुमले जनाएको छ ।
हिजो सम्पन्न उक्त निर्वाचनमा ९ सय २३ मत खसेको थियो । उक्त निर्वाचनमा ४ सय ५८ जन महिला र ४ सय ६५ पुरुषले मतदान गरेका हुन् ।
कुल १ हजार ४ सय ४१ मतदाता रहेको उक्तवडामा ६२ दशमलव ३२ प्रतिशतले मतदान गरेका थिए । वडाध्यक्ष पदकालागि १ स्वतन्त्र र ६ राजनीतिक दल सहित ७ जना चुनावि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।