माघेसंक्रान्ती जसलाइ मकर संक्रान्ती थारु समुदायमा येले दुगंका त्यस्तै किराँत वंशले आजकै दिन काठमाण्डौ उपत्यकामा आक्रमण गरि विजयहाशिल गरेको भनि नयाँ सम्वतको रुपमा मनाउने गरिन्छ ।यसलाई तिलुवा संक्रान्तिको रुपमा पनि मनाउने चलन छ ।भाषिक र जातिय विविधता भएको हाम्रो समुदायमा जस्ले जुन रुपमा मनाए पनि आजको दिनलाइ सबै जाति र समुदायको साझा चाडको रुपमा विकसित भएको छ । त्यसमाथि २०७२ साल देखि आजकै दिनलाइ योग दिवशको रुपमा समेत मनाउन थालिएकोछ ।
वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई "उत्तरायण र दक्षिणायन" भनेर बुझिन्छ। ६ -६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट राशी देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।
उत्तरायणको अवधिमा सुर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरुको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरुको एक रात।
पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरुले मोक्ष प्राप्त गर्छन भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरुले पुनर्जन्म लिनु पर्छ, यसैकारण पनि सुर्यको यी दुई स्थितिलाई मानिसहरुको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएकोपाइन्छ।
यसैकारण पौराणिक मान्यता अनुसार आजकै दिन महाभारतका भिष्मपितामहले देह त्याग गरेको मानिन्छ भने भगिरथले पवित्र गंगानदीलाइ पृथ्विमा ल्याएको मान्यता अनुसार आज सबै जातजातिले कुनै नकुनै रुपमा पवित्र तलाउ नदीमा गएर स्नन गर्नेप्रचलन समेत रहेको छ । यसै क्रममा तेह्रथुमका मेन्छायाम् पालिका स्थित गौखुरीमा स्नान दर्शन गर्ने साथै फेदापको ओयाक्जुङ्ग स्थित मझौगुफामा गइ दर्शन गर्ने प्रचलन छ।
उत्तरायणको बेला दिनहरु लामो र रातहरु छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। हुनत पौष ७ अर्थात डिसेम्वर २१लाइ सबै भन्दा छोटो दिनको रुपमा लिने गरिएको छ तथापी सास्त्रिय हिसावले आज बाट सूर्य क्रमश उत्तर तर्फ सर्ने भएकाले अव दैनिक रुपमा न्यानो समयको सुरुवात हुदै जाने मानिन्छ ।