रेडियो तेह्रथुम - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भर्खरै सम्पन्न १६ औँ राष्ट्रिय महाधिवेशनबाट टिकाराम ढकाल अत्यधिक मतका साथ विजयी भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलका संस्थापक प्रधानाध्यापक ढकाल कोशी प्रदेशको भूगोलबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्ष पदमा अत्याधिक बहुमतका साथ विजयी भएका हुन् । सामाजीक क्षेत्रमा क्रियाशील रहँदै शैक्षीक क्षेत्रको विगत दुई दशकदेखि अनुभव सँगाल्दै आएका ढकालले निजी विद्यालयहरूको सशक्तीकरण, गुणस्तरीय शिक्षा प्रवर्धन र शैक्षिक नीतिहरूमा आवश्यक सुधारको पक्षमा लामो समयदेखि योगदान पुर्याउँदै आएका थियो । शैक्षीक क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा परिचित ढकाल संगठनात्मक रूपमा लामो समयदेखि सक्रिय छन । उनले महाधिवेशन प्रतिनिधि हुँदै जिल्ला र प्रदेश तहमा विभिन्न जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिसकेका छन । २०६१ देखि २०६६ मा प्याब्सन मोरङको जिल्ला अध्यक्ष , त्यस्तै, २०७३ देखि २०७५ मा कोशी प्रदेश सचिव, २०७५देखि २०७८ मा वरिष्ठ उपाध्यक्ष र २०७८ देखि २०८१ हालसम्म प्रदेश अध्यक्षको जिम्मेवारी समालीसकेका छन ।