रेडियो तेह्रथुम /चैत्र ४ - फेदाप गाउपालिका वडा नं ५ स्थित इसिवुको ज्यामिरेमा नजिकको जंगलबाट आएको आगोले एक घर सहित केही गोठ जलेका छन् ।स्थानीयहरु आगो नियन्त्रको प्रयासरत रहेका तर नियन्त्रण हुन नसकेको सो वडाका वडाध्यक्ष पुरुषोतम तिम्सिनाले बताए ।
अहिले स्थानीय बम कान्छाको घर जलेको छ भने केही जंगल छेउका गोठ तथा पराल समेत जलेर नष्ठ भएको वडाध्यक्ष तिम्सिनाले बताए ।