विद्यार्थी सम्मानीत

कालिका मा वि  म्याङलुङ ६ का २  विद्यार्थीलाइ आज भिम नारायणी राम कुमारी कार्की प्रतिष्ठानले नगद सहित सम्मान गरेको छ ।

कालिका मा वि मा अध्यायनरत विद्यार्थि मध्ये २०८० सालको एस ई ई परीक्षामा उत्कृठ आंकल्याउने एक छात्रा जानुका तिम्सिना र एक छात्र सरोज वस्नेतलाइ जनही १० हजार नगद प्रमाणपत्र र गोलमेडल बाट सम्मान गरेको हो । सो पुरस्कार तथा मेडल र प्रमाण पत्र म्याङलुङ नगरपालिका प्रमुख संजयकुमार तुम्वाहाम्फेले एक समारोहका साथ आज हस्तान्तरण गर्नु भएको हो ।

तेह्रथुममा जन्मिएर काठमाण्डौमा वस्दै आउनु भएका चन्द्रवहादुर कार्कीले आफ्ना माता पिता र परिवारको नाममा स्थापना गर्नु भएको सो  प्रतिष्ठानले विभिन्न विधामा गत वर्ष देखि सम्मान गर्दै आएको छ । २०७७ सालमा स्थापन भएको सो प्रतिस्ठानले कोरोना संक्रमणका कारण गत वर्ष देखि मात्र नियमित रुपमा विभिन्न विधामा प्रदान गर्दै आएको संस्थापक चन्द्रवहादुर कार्कीले बताउनु भयो ।

गत वर्ष आफुले कखरा सिकेको विद्यालय कालिकामाविलाइ २५ हजार नगद  प्रदान गरेको थियो भने तेह्रथुममा जन्मिएर लोक गितको क्षेत्रमा महत्व पुर्ण योगदान तथा संरक्षण र सम्वर्धन गरेका नारायण सुवेदीलाइ नगद २० हजार तथा शिक्षण पेशामा ३९ वर्ष निरन्तर सेवा गरि सेव निवृत जगदिशकुमार श्रेष्ठलाइ २० हजार नगद बाट सम्मान गरेको थियो ।