डिजिटल पत्रकारिता सम्वन्धि

तेह्रथुमको म्याङलुङमा आज"विश्वसनिय सूचनाको आधार, जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार" भन्ने नारा सहित  पत्रकारित तालिम प्रारंभ भएको छ ।

सो तालिमको  म्याङलुङका नगर प्रमुख संजय कुमार तुम्वाहाम्फले उद्घाटन गर्दै पत्रकार राज्यको तेस्रो आँखा भएकोले सत्य तथ्य समाचार संप्रेसण गरि सरकारलाइ घच्च घच्याउनु पर्ने वताउनु भयो । पत्रकारको एउट सकारात्मक समाचारले म्याङलुङ वसन्तपुरको सडकमा राज्यले रकम छुट्याएर स्तरिय सडक बनेको स्मरण समेत गर्नु भयो ।

 उक्त  कार्यक्रमका विशिष्ठ अतिथि एवं प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी ले  तालिम समय सापेक्ष रहेको भन्दै सबैले इमान्दारिताका साथ पेशामा कार्य गर्नाले पेशाको मर्यादा रहने वताउनु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्ले उद्योगबाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजिव ढुंगाना र प्रशिक्षक भिषण राइले समेत तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

तिन दिन सम्म चल्ने उक्त तालिम आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र म्याङलुङ नगर पालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ तेह्रथुमको आयोजनामा भएको हो । सो तालिममा तेह्रथुम जिल्लाका ४० जना पत्रकार सहभागि रहेका छन् ।