म्याङलुङ नगरपालिका पुर्णखोप तथा दिगोपना सुनिश्चित पालिका घोषणा

रेडियो तेह्रथुम /अस्मिता सुवेदी / बैशाख २५ - म्याङलुङ नगरपालिका  आज बाट पूर्ण खोप तथा दीगो पना सुनिश्चितता नगपालिका घोषणा भएको छ । सो सम्वन्धि आज एक समारोह विच म्याङलुङमा घोषणा गरिएको हो ।

खोप सेव नेपाल सरकारको पूर्ण प्राथमिकता प्राप्त सेवा हो । सह्रसाब्दि विकास लक्ष्य ४ र ५  प्राप्तिकालागि खोप सेवा लाइ प्रमुख कडिको रुपमा लिएर नेपाल सरकारले वि सं२०६९मा पुर्ण खोप सुनिश्चितता पालिका कार्यविधि एन ल्याएको थियो । विफरको उल्मुलन सँगै प्रारंभ भएको खोप सेवा भौगोलिक विकटता तथ अन्यकारणले १३ प्रतिशत नागरिक खोप सेवा बाट वन्चित भएको भनि यो कार्यविधि एन ल्याएको थियो । जस अनुसार १२ देखि २३ महिनाका सबै वालवालिकाले १५ महिनको उमेर भित्र १३ प्रकारका सबै खोप लागाएको हुनुपर्ने छ ।

सो एन अनुसार पूर्ण भएकाले आज म्याङलुङ नगरपालिकाले पुरा गरेकाले पुर्ण खोप पालिका घोषणा गरिएको जनाइएको छ ।  जिल्ला समन्वय समिति तेह्रुमका प्रमुख गुमान सि इश्वोको प्रमुख आतिथ्यतामा भएको सो घोषणा सभामा म्याङलुङ नगरपालिका उपप्रमुख जमुना कार्की सुवेदी म्याङलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयराम श्रेष्ठ उक्तपालिकाका प्रवक्ता एवं वडा नं ३का वडाध्यक्ष मिननाथ दाहाल शिक्षा समन्वय इकाइ म्याङलुङकी गिता सुवेदी पूर्ण खोप तथा दिगोपना सुनिश्चितता सम्वन्धि आ-आफ्नो विचार राख्नु भएको थियो ।

म्याङलुङ नगरपालिकाको स्वास्थ्य शाखाद्धारा आयोजित उक्त कार्यक्रममा खोप सुनिश्चितता वडा प्रसंसा पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।