सन्दिप लामिछानेलाइ अदालतले सफाइ क्यानले आईसीटी टी २०मा सहभागि गराउने

 उच्च अदालत पाटनले सफाइ दिने फैसलासँगै क्रिकेटर सन्दीप लामिछानेले न्यायमूर्तिप्रति आभारी रहेको बताएका छन् । फैसलापछि राहतको लामो सास फेरेका लामिछानेले अदालतले न्याय दिएको बताएका हुन् ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाइदिएको छ । फैसलापछि सन्दीपले अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गर्दै सन्दीपले ढिलै भए पनि आफूले न्याय पाएको प्रतिक्रिया दिए ।

‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरूप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उनले भने  यसै बिच स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।

नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने छन् ।