दैविक प्रकोपका कारण तेह्रथुममा ४ करोड भन्दा वढिको क्षती ।

अश्मिता सुवेदी /रेडियो तेह्रथुम /१६ जेष्ट – तेह्रथुम जिल्लामा यो वर्ष -२०८० श्रावण देखि २०८१ जेष्ट १५) मा आगलागिका कारण २८ घर तथा  गोठ जलेका कारण करिव ४ करोड वरावरको क्षतिभएको बताइएको छ । जिल्ला स्थित विपद ब्यवस्थापन समितिको आज सम्पन्न बैठकमा उक्त तथ्याङक जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मिना अर्यालले पेश गर्नु भएको हो । सो अवसरमा आगलागि पिडीत परिवारलाइ जिल्ला विपद ब्यवस्थापन समितिको कोष बाट ७ लाख १२ हजार वरावरको राहत  उपलब्ध गराइएको जानकारि गरउनु भएको  थियो ।

आजको बैठकले जिल्ला प्रशासन कार्यालय तेह्रथुमले तयार पारेको मनसुन सितलहर आगलागी महामारी आँधि प्रतिकार्य  आपतकालिन कार्ययोजना समेत पास गरेको छ । उक्त बैठकमा यो वर्ष विगतको तुलनामा वढि वर्षा हुन सक्ने सम्भावना मौसमविदहरुले बताएको भन्दै वाढी प्रभावित तथा पहिरो प्रभावित क्षेत्रहरुमा विशेष शतर्कता अवलम्वन गर्न स्थानीय सरकार र सरोकारवालहरुलाइ प्रजिअ अर्यालले आग्रह गर्नु भएको थियो ।

बैठकमा सबै स्थानीय तहले पहिरो तथा वाढी प्रभावित क्षेत्रमा आपतकालिन कार्ययोजना संचालन गर्ने सहमति समेत भएको प्रजिअ अर्यालले बताउनु भयो । त्यसै गरि जिल्लामा विधुत सट भइ आगलागि हुन सक्ने भएकाले विशेष सजगता अवलम्वन गर्न प्रधिकरणलाइ भनिएको छ भने कतिपय स्थानमा विधुत सेवा अझै नपुगेकोले त्यस्तो क्षेत्र वा स्थानमा सहज रुपमा विधुत आपूर्ती सहज गराउन पनि भनिएको छ ।

सो बैठकमा म्याङलुङ नगरपालिका प्रमुख संजय कुमार तुम्वाहाम्फे लालिगुराश नगरपालिकाका उपप्रमुख जमुना कार्की मगर नेपाली कांग्रेस पार्टी सचिव डिल्लीराम नेपाल रास्वपा तेह्रथुमका सभापति खगेन्द्र कटुवाल लगायतले निर्णायलाइ सबै पक्षले पालना गर्न आग्रह समेत गर्नु भएको थियो ।