भारतमा लोक सभाको निर्वाचन परिणाम आउने क्रमजारी ३ सय सिटको परिणाम आउदा को कति

भारतमा लोकसभा चुनावको मत परिणाम आउने क्रम जारी छ।चुनावको मतगणना मंगलबार बिहान सवा ८ बजेदेखि सुरू भएको हो। हालसम्म आधाभन्दा बढी सिटको परिणाम आइसकेको छ।कुल ५४३ मध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।हिन्दुस्तान टाइम्सका अनुसार हालसम्म ३ सय २८ सिटको अन्तिम नतिजा आउँदा भाजपा नेतृत्वको एनडिए गठबन्धनले १८४ सिट जितेको छ।त्यस्तै कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३१ सिट जितेको छ।
१३ सिटमा अन्य दलका उम्मेदवार निर्वाचित भएका छन्।मतगणना जारी रहेकोमध्ये १११ सिटमा एनडिए र १०० सिटमा इन्डिया गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। ४ सिटमा अन्य दलका उम्मेदवार अगाडि छन्।

सन् २०१९ मा ३५२ सिट एनडिए गठबन्धनले जितेको थियो। त्यतिबेला कंग्रेस नेतृत्वको गठबन्धनले ९४ र अन्य विभिन्न दलले ९७ सिट जितेको थियो।